सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025
Home Featured News कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ

कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ

by sambridhaonline

फाल्गुन ०५,पोखरा – कास्कीको माछापुच्छ्रे गाँउपालिका– ७ बाट एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् ।

स्थानीय ७२ वर्षका आईत सिं गुरुङलाई भरुवा बन्दुक र गाँजासहित शनिबार अपरान्ह्र १२ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले गुरुङको घरकोठा खानतलासी गर्दा उनी सुत्ने कोठा भित्र अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थ ३५० ग्राम र लागू औषध गाँजा १ किलो ५०० ग्राम समेत फेला परी बरामद गरेको छ ।

गुरुङले लागूऔषध गाँजा सञ्चय तथा विक्री वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखि वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना र लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline