बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कोटीहोम पक्षको अन्तरीम आदेश रद्ध गर्न मागसहित पोखरा महानगरको उच्च अदालतमा निवेदन दर्ता

कोटीहोम पक्षको अन्तरीम आदेश रद्ध गर्न मागसहित पोखरा महानगरको उच्च अदालतमा निवेदन दर्ता

by sambridhaonline

फाल्गुन १२,पोखरा – कोटीहोम नरोक्न भन्दै उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै पोखरा महानगरपालिकाले साेमबार भ्याकेट निवेदन दर्ता गराएको छ । पोखराको लेकसाईडमा गर्न लागिएको कोटिहोम महायज्ञ पोखरा महानगरपालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक मानव सेवा फाउण्डेशन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ मा अन्तरिम आदेश दिँदै महायज्ञ नरोक्न भनेको थियो ।

त्यो आदेश वेरितको भन्दै पोखरा महानगरले आज सोमबार सो आदेश रद्द गर्न निवेदन दिएको हो । निवेदनमा लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले सो स्थानमा महायज्ञ गर्न स्विकृति नदिनुका कारण उल्लेख गरिएको छ । निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिनभित्रै तालको सिमांकन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने जिकिर गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline