बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर

नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर

by sambridhaonline

फाल्गुन १३,पोखरा – नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ । केही महिनाअघि गाउँकै युवा र युवतीबीच भागी विवाह भएको र विवाद बल्झिएपछि दुई समूहबीच तनाव बढेको प्रहरीको भनाइ छ ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय बासिन्दासहित झन्डै १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर आज बिहान तनावको अवस्था बनेको प्रहरीको भनाइ छ ।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । प्रहरीको गाडीमा समेत आगजनी भएको छ । अवस्थालाई सामान्य बनाउन रुपन्देहीबाट थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार ५० जनाको प्रहरी टोली पठाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा यो घटना तथा पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पटक पटक झडप हुँदै आएकोतर्फ सांसद अमरेशकुमार सिंहले भीड देख्नेबित्तिकै गोली चलाउने प्रवृत्ति रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline