बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : दुई जना घाइते

धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : दुई जना घाइते

by sambridhaonline

फाल्गुन १४,पोखरा – धादिङको गुप्तेश्वरमा ट्याङकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

बा ०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङकर भीरबाट खस्दा गुजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र त्यहि ठाउँका २० वर्षीय जयराम चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा गजुरी गाउँपालिका–६ कै १९ वर्षीय सिरिश चेपाङ र त्यही ठाउँका १७ वर्षीय सुरेश चेपाङ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।

घटनालगत्तै पक्राउ परेका ट्याङकरका चालकले हाम फालेर बाँचेको बताएका प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline