बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लाभांश र मर्जर प्रस्ताव सहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा

लाभांश र मर्जर प्रस्ताव सहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा

by sambridhaonline

फाल्गुन १४,पोखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पर्वतस्थित रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर तिर्न ० दशमलव ७५ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ।

बोनस शेयर बाँडेपछि चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा फागुन २७ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline