बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा का मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज

पोखरा का मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज

by sambridhaonline

फाल्गुन १५,पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्।

१२ दिनदेखि काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचाररत आचार्य बिहीबार बिहान डिस्चार्ज भएका हुन्।

फागुन ३ गते पोखरामा ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा उडाउन थालिएको बेलुन पट्किएको थियो।

बेलुन पट्किँदा आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए।

अर्थमन्त्री पौडेल घटना भएको दुई दिनपछि फागनु ५ गते नै डस्चार्ज भएका थिए। आचार्य भने १२ दिनपछि बिहीबार डिस्चार्ज भएका छन्।

आचार्यले बिहीबार एक सार्वजनिक सन्देशमार्फत आफ्नो स्वास्थ्यलाभको जानकारी दिँदै तत्कालै काममा फर्किने बताएका छन्। तर केही समय सावधानी अपनाउनुपर्ने चिकित्सकले सुझाव दिएको आचार्यको भनाइ छ।

आचार्यले भनेका छन्, ‘यस कठिन समयमा तपाईंहरूले प्रदान गर्नुभएको सद्भाव, मायालु सन्देश, र मनोबल अत्यन्त प्रेरणादायी रहेका छन् । अब म पोखरा फर्केर काममा जुट्नका लागि तयार छु र तपाईंहरूको सहयोग र सुझावको अपेक्षामा छु ।’

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline