बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने

आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने

by sambridhaonline

फाल्गुन १६,पोखरा – तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोधसमेत गरेका थियौँ”, उनले भने, “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।”

दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने उल्लेख गरे। महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline