बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो

जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो

by sambridhaonline

फाल्गुन १९,पोखरा – जापानको जङ्गलमा लागेको तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन भएका छन् ।

ओफुनाटो शहर नजिकै गएको बिहीवारदेखि लागेको डढेलो झन्डै दुई हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको थियो । यो क्षेत्रमा गएको वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।

जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले डढेलो निभाउने प्रयास गरिरहेका खबरमा उल्लेख छ । अधिकारीहरूका अनुसार झन्डै तीन हजार दुई सय जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धूवाँ उडिरहेको देखिएको छ ।

सन् १९७० को दशकयता जापानमा डढेलोको सङ्ख्यामा कमी आएको छ । तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर झन्डै एक हजार तीन सय हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो फैलिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline