शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News पर्वतको बिहादीमा जीप दुर्घटनामा २ जनाको मृत्य, ७ घाइते

पर्वतको बिहादीमा जीप दुर्घटनामा २ जनाको मृत्य, ७ घाइते

by sambridhaonline

फाल्गुन २१,पोखरा – गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा बुधवार २ जनाको मृत्यु भएको छ। ७ यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
पर्वत प्रहरीका अनुसार मृतकमा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचन रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए । लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ । एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline