शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News जबरजस्ती करणी मुद्दाका फरार समाजवादी नेता पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार समाजवादी नेता पक्राउ

by sambridhaonline

फाल्गुन २२,पोखरा – जबरजस्ती करणी मुद्दाका फरार नेकपा एकीकृत समाजवादीका नेता पक्राउ परेका छन् । जबरजस्ती मुद्दामा फरार स्याङ्जाको पुतलीबजार नगरपालिका – १४ का विष्णु गिरीलाई स्याङ्जाबाट पक्राउ गरिएको हो ।

गिरीलाई स्याङ्जाबाट पोखरा लगिएको छ । नेकपा एकिकृत समाजवादी पार्टी, गण्डकी प्रदेशका उपाध्यक्ष र स्याङ्जा जिल्लाका अध्यक्षसमेत रहेका गिरीलाई नाबालिकलाई करणी गरेको आरोप छ ।

फरार रहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले खोजतलास गर्नका लागि पत्राचार गरेकोमा स्याङ्जा प्रहरीले गिरीलाई उनकै घरबाट पक्राउ गरी कास्की प्रहरीलाई जिल्ला लगाइएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा जबरजस्ती करणी मुद्धामा छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline