आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News गण्डकी प्रदेशले विद्युत सम्बन्धी ऐन बनाउँदै, विद्युत विकास विधेयक प्रदेश सभामा दर्ता

गण्डकी प्रदेशले विद्युत सम्बन्धी ऐन बनाउँदै, विद्युत विकास विधेयक प्रदेश सभामा दर्ता

by sambridhaonline

फाल्गुन २२,पोखरा – जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले बिधेयक यही फागुन १९ मा प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । आजको प्रदेश सभा बैठकमा उक्त विधेयक पेश हुनेछ ।

संविधानले प्रदेशलाई जलस्रोत र ऊर्जाको विकासमा महत्वपूर्ण अधिकार प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै बिधेयक ल्याइएको हो । संविधानको अनुसूची ६ अन्तर्गत प्रदेशस्तरीय विद्युत् सेवा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई छ । अनुसूची ७ र ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्र अन्तर्गत विद्युत् विकासलाई प्राथमिकता दिइएको छ । विधेयकले प्रदेशभित्र रहेका जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन, गुरुयोजना निर्माण, पहुँच मार्ग तथा प्रसारण लाइनको व्यवस्थापनलाई प्राथमिकता दिएको छ । साथै विद्युत् उत्पादन तथा वितरणसम्बन्धी अनुमतिपत्र वितरण, सञ्चालन, व्यवस्थापन, तथा सेवा विस्तार प्रक्रिया विधेयकमा समेटिएको छ । स्थानीय तहभित्र पर्ने विद्युत् आयोजना विकासमा सम्बन्धित तहले कानुनी संरचनाभित्र रहेर सहजीकरण गर्ने व्यवस्था पनि विधेयकले गरेको छ ।

विधेयक कार्यान्वयनमा आएपछि गण्डकी प्रदेशमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा उपयोगमा वृद्धि हुने, निजी क्षेत्रको लगानी प्रवाह बढ्ने तथा स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना हुने विश्वास प्रदेश सरकारको छ । विद्युत् उत्पादन बढेसँगै पेट्रोलियम पदार्थको आयात घट्ने, वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पर्ने तथा निर्यातमार्फत विदेशी मुद्रा आर्जनको अवसर समेत सिर्जना हुने जनाइएको छ । यो ऐन बनेपछि प्रदेश सरकार मातहतका विद्युत् आयोजनाको अध्ययन, विकास, उत्पादन तथा सञ्चालन प्रक्रियालाई स्पष्ट पार्ने अपेक्षा प्रदेश सरकारको छ । प्रदेश सरकारले सम्भाव्य विद्युत् आयोजनाको सूची तयार गर्ने र त्यसका लागि पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन आवश्यक हुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline