मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो, पसल सञ्चालक पक्राउ

बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो, पसल सञ्चालक पक्राउ

by sambridhaonline

फाल्गुन २६,पोखरा – पोखरा महानगरपालिका–८ न्यूरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८१ फागुन १६ गते साँझ ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो। आगो करिब ७:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारले १ करोड बराबरको बीमा गराएको पाइएको छ । घटनापछि उनले शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए ।

अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे संदेहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिमाथि ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

गत साउन १६ गते पोखराको लेकसाइड, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा भएको आगोलागी घटनामा विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि बीमाको लोभले पसल सञ्चालक आफैले लगाएको खुलेको थियो ।

सो अभियोगमा पसल संचालक स्याङ्जा आँधीखोला वडा नं. ४ का ३६ वर्षीय सुजन गहतरात र उक्साउने ४३ वर्षीय पवन नेपाल पक्राउ परेका थिए। पोखरा १७, ड्यामसाइडका गहतराज पसल संचालक हुन् । उनले डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline