बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
Home Featured News साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ

साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ

by sambridhaonline

फाल्गुन २७,पोखरा – दाङको घोराहीबाट साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका तीन जना पक्राउ परेका छन् ।

रुकुम पूर्वको भूमे गाँउपालिका–२ खबाङका ४४ वर्षका फर्कबहादुर घर्ती, ५३ वर्षका रुपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका फर्कबहादुरले बोकेको आलुको बोराभित्र १५ किलो १ सय २३ ग्राम र रुपधनको साथबाट १४ किलो ५ सय ७२ ग्राम चरेस बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार पैदल हिँडिरहेको अवस्थामा उनीहरू घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रबाट पक्राउ परेका हुन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline