बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा–छेन्दु पहिलो व्यावसायिक उडान चैत्र ५ गते हुने

पोखरा–छेन्दु पहिलो व्यावसायिक उडान चैत्र ५ गते हुने

by sambridhaonline

फाल्गुन २९,पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो चैत ५ गते चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान हुने भएको छ । विमानस्थल उद्घाटन भएको दुई वर्षपछि व्यावसायिक चार्टर्ड उडान हुन लागेकाे पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले जानकारी दिनुभयो ।

यसमा विशेषतः चीनको चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले शुरुआती उडानहरूमा सहकार्य गरिरहेको बताउँदै उहाँले नेपालको चाइनिज ओभरसिज एशोसिएशनको पनि संयोजनकारी भूमिका रहेको जानकारी दिनुभयो । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास छ ।

शुरुआती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट शुरू गरेर यसलाई व्यावसायिक उडानमा परिणत गर्न पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेका छन् । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकेमा त्यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने छ ।

उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । दिउँसो १२ बजे एक सय २७ जना पर्यटन व्यवसायी पोखराबाट छेन्दु प्रस्थान गर्नेछन् ।

विमानस्थल सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेकाे अवस्थामा पहिलो पटक हुन लागेको व्यवसायिक चार्टर्ड उडान महत्त्वपूर्ण रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline