बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News खरबारीमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको ज्यान गयो

खरबारीमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको ज्यान गयो

by sambridhaonline

चैत्र २,पोखरा – सल्यानमा खरबारीमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरमा खरबारीमा लागेको आगो निभाउने क्रममा ६५ वर्षीय प्रेमबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमान् र श्रीमती घाँस काट्न गएको बेला खरबारीमा आगलागी भएको थियो । आगो निभाउने क्रममा बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

यसैबीच सल्यानको कपुरकोट गाउँपालिका–६ रातामाटामा आगलागी हुँदा झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । देवीराम बोहराको दुईतले कच्ची घरमा विद्युत् शर्ट भएर आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले घरमा लागेको आगो निभाएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline