मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना

आज पनि केही ठाउँमा हल्का वर्षासँगै हावाहुरीको सम्भावना

by sambridhaonline

चैत्र ४, पोखरा – पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज बेलुका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline