बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा १७ बिरौटामा हुने

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा १७ बिरौटामा हुने

by sambridhaonline

चैत ११,पोखरा – पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ ।

लेकसाइड क्षेत्रमा सञ्चालन गर्ने तयारीमा रहेको कोटिहोम महायज्ञ अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका– १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा गर्ने भएको हो ।

२०८१ चैत्र १७ गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जनाएको छ ।

बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमी पूजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगर प्रहरीले भूमी पूजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिति सिर्जना भएको थियो । त्यस पश्चात पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडा अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विश्वहिन्दु महासंघका प्रतिनिधी, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधीलगायतको उपस्थितीमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितिले वैकल्पिक स्थानको खोजि गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यबस्थापन समिती) को स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानियको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थान खोजेर महानगरपालिका कै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमती दिएपछि आयोजक मानव सेवा फाउण्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।

पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यबस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिए पश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।

आइतवार महायज्ञका संकल्प कर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनीधी, टोल बिकास समितिका प्रतिनिधीहरु, स्थानिय संघसस्थाका प्रतिनिधिहरु उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए । त्यस्तै कोटिहोम सफल बनाउनको लागि ऐक्य बद्धता समेत व्यक्त गरेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline