बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

by sambridhaonline

चैत ११,पोखरा – स्याङ्जा जिल्लाभर १९७ जना क्षयरोगका बिरामी भेटिएका छन् भने सात जना बिरामीको मृत्यु भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका अनुसार आर्थिक वर्ष २०८१/८२ फागुन मसान्तसम्म एक सय ९७ जनालाई क्षयरोग संक्रमण पुष्टि भएको हो । यस्तै, सात जना बिरामीको मृत्यु भएको कार्यालयले जनाएको छ ।जिल्लाका एघार पालिकामध्ये सबैभन्दा धेरै वालिङ् नगरपालिकामा क्षयरोगका बिरामी फेला परेको कार्यालय प्रमुख केशव चापागाईंले बताए ।

वालिङ् नगरपालिकामा ४४, चापाकोट नगरपालिकामा ३७, भीरकोट नगरपालिकामा ३१, गल्याङ नगरपालिकामा २८, पुतलीबजार नगरपालिकामा १६, बिरुवा गाउँपालिकामा १६, अर्जुनचौपारी गाउँपालिकामा १०, कालीगण्डकी गाउँपालिकामा ७, फेदीखोला गाउँपालिकामा ४, आँधीखोला गाउँपालिकामा ३ र हरिनास गाउँपालिकामा १ जना क्षयरोगका बिरामी रहेको चापागाईंले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline