सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News म्यानमारमा ७.७ रेक्टरको भूकम्प,सयौंको ज्यान गएको आशङ्का, थाइल्यान्डमा पनि ठूलो क्षति

म्यानमारमा ७.७ रेक्टरको भूकम्प,सयौंको ज्यान गएको आशङ्का, थाइल्यान्डमा पनि ठूलो क्षति

by sambridhaonline

चैत १५,पोखरा – म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

म्यान्मारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस) ले जनाएको छ ।

उद्धार टोलीका एक सदस्यले भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या अझै थाहा नभएको तर कम्तीमा सयौंको ज्यान गुमाएको हुनसक्ने बताएका बीबीसीले जनाएको छ । भूकम्पपछि म्यान्मार सैन्य शासनले राजधानी नेपिएडोसहित देशका ६ वटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन एउटा ३० तले भवन भत्किँदा कम्तीमा ७० जना मजदूर बेपत्ता भएका थाई अधिकारीहरूले बताएका छन् । बैंककमा भूकम्प थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने खबरमा उल्लेख छ ।

थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ । भूकम्पको धक्का दक्षिण पश्चिम चीनमा पनि महसूस गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline