शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News राजावादीको हिंसात्मक आन्दोलनमा एक सयभन्दा धेरै पक्राउ, क्षतिको विवरण सङ्कलन हुँदै

राजावादीको हिंसात्मक आन्दोलनमा एक सयभन्दा धेरै पक्राउ, क्षतिको विवरण सङ्कलन हुँदै

by sambridhaonline

चैत १६,पोखरा – हिजो काठमाण्डौमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेका छन् । तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले संलग्न भएकाहरूलाई पक्राउ गरिरहेको हो । पक्राउ पर्नेहरुमा रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, विवादास्पद धर्मगुरु पुष्कर खतिवडा लगायत छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डाै, मातहतका वृत्तहरू, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन गरेर पक्राउ गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरू सीसीटीभी फुटेज, भिडिओ, फोटो लगायतमा देखिएकाहरू हुन् । को माथि कस्तो मुद्दा चलाउने भन्ने निर्णयका लागि छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार भएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ । यस्तै प्रहरीसहितको टोलीले क्षतिको मूल्याङ्कन पनि गरिरहेको छ । बिहान गृहमन्त्री रमेश लेखकले पनि स्थलगत अवलोकन गर्नुभएको छ । आज अवस्था सामान्य रहे पनि निगरानी भने बढाइरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार हिजो भएको प्रदर्शनमा नेपाल प्रहरीका ५३ जना र सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन् । यस्तै ३५ जना प्रदर्शनकारी घाइते भएका छन् । एक जना पत्रकार र एक जना प्रदर्शनकारीको ज्यान गएको छ । सात वटा सरकारी र नौ वटा नीजि गाडीमा क्षति पुगेको छ । १४ ठाउँमा आगजनी, आठ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट भएको छ ।

आन्दोलन समितिका संयोजक नवराज सुबेदीले विज्ञप्ति निकालेर प्रहरीको दमनका कारण अप्रिय घटना भएको दाबी गरेका छन् । राप्रपाले रवीन्द्र मिश्र र धवलसमसेर राणाको भूमिकाप्रति आपत्ती जनाउँदै पार्टीको बैठक बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उच्च न्यायिक छानविन आयोग गठन गर्न माग गरेको छ । कांग्रेस, एमाले र नेकपा माओवादी लगायतका दलहरुले हिंसात्मक कार्यमा संलग्नहरुलाई कारबाहीकाे माग गरेका छन् । यसैबीच गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून अनुसार कारबाही हुने बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline