बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन

राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन

by sambridhaonline

चैत १७,पोखरा – संसदीय समितिले शुक्रवार काठमाण्डाैको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीको प्रदर्शनबाट भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको तर्फबाट सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिनुभयो ।

त्यस्तै समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline