शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News गलकोटमा जीप दुर्घटना एक जनाको मृत्यु, तीन घाइते

गलकोटमा जीप दुर्घटना एक जनाको मृत्यु, तीन घाइते

by sambridhaonline

चैत २१,पोखरा – बागलुङ जिल्लाको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।गलकोट नगरपालिका वडा नं. ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जीप बिहिबार बिहान ११ बजे खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका ११ रिघाका २२ वर्षिय विष्णु रानाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर घाइते हुनुभएका रानाको उपचारको क्रममा गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ५ सर्दाखेतका २२ वर्षिय चालक राजन विक, गलकोट ४ डाँडाखेतका १९ वर्षिय रमेश सुनार, गलकोट ३ बोहराफाँटका १९ वर्षिय अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घाइते तीन नै जना गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।कच्ची सडकमा जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खस्न गई दुर्घटना भएको हो । घटनाको खरबलगत्तै प्रहरी चौकी हटियाको टोली र स्थानीयले घाइतेको उद्वार गरेका थिए । घाइतेहरुको निधार, गाला, हात र शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline