आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026
Home Featured News पोखरामा लागू औषधसहित २ जना पक्राउ

पोखरामा लागू औषधसहित २ जना पक्राउ

by sambridhaonline

बैशाख १०,पोखरा – पोखरामा लागू औषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० शिबचोक बस्ने वर्ष ३९ को राज नेपाली र वर्ष ४५ को मिलन गुरुङ भन्ने राजेन्द्र गुरुङ रहेका प्रहरीले जनाएको छ ।

सोमबार साँझ ५ बजेतिर पोखरा १० शिवशक्ति मार्ग स्थितमा लागूऔषध कारोवार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ५०० मिलि ग्राम, लागूऔषध बुर्फिन नर्फिन २५ एम्पुल, डाईजापाम १३ एम्पुल र फेनेरागन १० एम्पुल गरी जम्मा ४८ एम्पुल र लागूऔषध गाँजा १ के.जी. ५०० ग्राम र निजहरुको मोवाईल २ थानसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline