बैशाख १६,पोखरा – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव विशेष सप्ताहको दोश्रो दिन सोमवार पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडा स्थित पोखरा जेष्ठ नागरीक आश्रममा विविध कार्यक्रम सहित मनाईएको छ । संस्थाको पुर्व निर्धारित कार्यक्रम अनुसार आश्रममा रहनु भएका जेष्ठ नागरीक वावाआमालाई सम्मान गर्दै अति आवश्यकीय खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।
जेष्ठ नागरीक पुजन तथा खाद्य सामाग्री हस्तान्तरण समारोहमा वोल्दै संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले आफ्नो सहयोग आर्थिक तथा भौतिक रुपमा सानो भएता पनि भावनात्मक रुपमा महत्वपुर्ण रहेको वताउनु भयो । उहाँले सहयोग धनले नभै मनले गर्ने भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रममा सहयोग गर्न पाउनु सौभाग्यको कुरा रहेको वताउनु भयो । कार्यक्रममा आश्रमका कोषाध्यक्ष भिम प्रसाद सुवेदीले सवै दाताको सदभाव र सहयोगले सञ्चालनमा आएको आश्रममा नेष्डो नेपाल परिवारले सँधै खुशी वाँडदै आएको वताउनु भयो ।
सप्ताहको विचमा अमरटिका प्रतिष्ठानका कोषाध्यक्ष एवम् नेष्डो नेपालका आजीवन सदस्य संगिता राना मगरको ३३औं शुभजन्मोत्सव समेतको शुभकामना अर्पण गरिएको थियो ।
जेष्ठ नागरीक पुजन तथा खाद्य सामाग्री हस्तान्तरण कार्यक्रम संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीको स्वागत, श्रद्धेय सदस्य विश्व वन्धु प्रसाईको धन्यवाद एवम् आजीवन सदस्य सुस्मा प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।