बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं जन्मोत्सव मुल समारोह मंगलवार कुश्मा वजारमा सम्पन्न

नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं जन्मोत्सव मुल समारोह मंगलवार कुश्मा वजारमा सम्पन्न

समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान एवम् केही विरामीलाई आर्थिक सहयोग प्रदान

by sambridhaonline

बैशाख १७,पोखरा – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापन दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताहको तेश्रो दिन मंगलवार कुश्मा वजारमा मुल समारोह सम्पन्न भएको छ । मुल समारोहमा विभिन्न क्षेत्रवाट संस्थागत विकासमा योगदान गर्ने व्यक्तित्वको सम्मानको साथै विरामीलाई आर्थिक सहयोग गरिएको छ । समारोहमा संस्थापक अध्यक्ष प्रसाईलाई जिल्ला स्थित विभिन्न राजनीति दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, वैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधी तथा सयौंको संख्यामा सर्वसाधारण शुभचिन्तकहरुले सम्मान सहित शुभकामना अर्पण गर्नु भएको थियो । संस्थापक अध्यक्ष प्रसाईको दुई मुमा नन्द कुमारी प्रसाई, जोगमायाँ प्रसाई, दुई भाई, चार दिदी वहिनीको साथमा एक छोरी र एक छोरा रहनु भएको छ ।

कार्यक्रममा संस्थाको २६ वर्ष पहिले साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गरी निरन्तर सुझाव सल्लाह र अभिभावकत्व दिनु हुने पुर्व स्थानीय विकास सहायक मन्त्री देव वहादुुर पौडेल क्षेत्री, जिल्ला वन समन्वय समितिको संयोजकको हैसियतले संस्थाको संस्थागत विकासमा योगदान पु¥याउने इच्छा वहादुर गुरुङ्ग, गैर सरकारी संस्था महासंघ नेपालका पुर्व महासचिव शान्तलाल मुल्मी र खानेपानी तथा सरसफाई महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद अर्याललाई संस्थागत अभिनन्दन एवम् सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा वोल्दै सम्मानित व्यक्तित्व देव वहादुर पौडेल क्षेत्रीले सवैले भोलिको फाईदा हेरेर काम गर्ने गरेकोमा नेष्डो नेपालले इतिहासलाई संझेर सम्मान गर्नु सह्रानीय पक्ष भएको वताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलनको स्मरण गर्दै उक्त आन्दोलनमा नेष्डो नेपालका संस्थापक अध्यक्ष प्रसाईको महत्वपुर्ण योगदान रहेको वताउनु भयो । प्रसाईले सामाजिक राजनीतिलाई निरन्तर रुपमा अगाडी वढाउन सफल भएकोमा खुशी पनि व्यक्त गर्नु भएको छ । कार्यक्रममा अर्का सम्मानीत व्यक्तित्व जिल्ला विकास समिति पर्वतका पुर्व सभापति इच्छा वहादुर गुरुङ्गले आँफुले पर्वत जिल्ला र पर्वतवासी जनताको हित र भलो होस भनि काम गर्दौ आएको भन्दै संस्थाले आफ्नो योगदानलाई संझेर सम्मान गर्नुभएकोमा आभार व्यक्त गर्नु भयो । अर्का सम्मानित व्यक्तित्व गैसस महासंघका पुर्व महासचिव शान्तलाल मुल्मीले आशा र अपेक्षामा केन्द्रित भिड त आँफूले प्रशस्त देखेको तर आज जस्तो निस्वार्थ रुपमा सयौं मानिसले लामवद्ध भएर शुभकामना र सम्मान गरेको कँहिकतै नदेखेको भन्दै दुई दशक पहिले आँफूले चिनेको नेष्डो नेपाल र विश्व प्रसाईको गरिमामा आज पनि कमी नआएकोमा खुशी व्यक्त गर्नु भयो । यसै गरी सम्मानित व्यक्तित्व खानेपानी तथा सरसफाई महासंघ नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र अर्यालले नेष्डो नेपाल र यस संस्थाका संस्थापक अध्यक्ष प्रसाईसंग आफ्नो दुई दशकदेखी अनाोन्याश्रित सम्वन्ध रहेको भन्दै संस्थाले अनवरत रुपमा आफ्नो सामाजिक यात्रा अगाडी वढाई रहेकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा वोल्दै नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडीले नेष्डो नेपाल संस्था र संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई एक आपसमा पर्यावाची रहेको भन्दै पर्वतको सगम्र सामाजिक विकासमा दुवैको अतुलनीय योगदान रहेको वताउनु भयो ।

आफ्नो जन्मदिनको अवसरमा शुभकामना र आर्शिवाद दिनुहुने सवैप्रति संस्था र आफ्नो व्यक्तिगत तर्फवाट आभार व्यक्त गर्र्दै स्थापना दिवस तथा शुभजन्मोत्सव सप्ताहमा संस्थाले कम्तिमा ७ वटा सामाजिक कार्य गर्ने जानकारी दिनु भयो । माता तिर्थ औंशीको अवसरमा गलेश्वर जेष्ठ नागरीक आश्रममा आश्रितको आमा पुजन गरेर शुरु भएको सप्ताहको दोश्रो दिन पोखरा जेष्ठ नागरीक आश्रममा खाद्य सामाग्री सहयो गरिएको संस्थापक अध्यक्ष प्रसाईले जानकारी गराउनु भएको छ । प्रसाईका अनुसार सप्ताहको चौंथो दिन मोदी सभाहल पातीचौरमा शिक्षक गुरु पुजन कार्यक्रम रहेको छ भने पाँचौ दिन मजदुरसंग शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको छ । यसै गरी कार्यक्रमको छैंटौ दिन क्यान्सर पिडित परिवारलाई वर्षभरी खाना पुग्ने गरी खाद्यन्न सहयोग गर्ने कार्यक्रम रहेको छ भने सातौ दिन अपरान्ह ४ वजे पोखरामा सप्ताह समापन समारो हुने वताइएको छ । यि सवै कार्यक्रमका साथ टाढा टाढावाट संस्थागत सम्मान ग्रहणका लागि पाल्नु हुने सवैप्रति आभार व्यक्त गर्दै यसवाट दशकौं पहिलेको सदभाव र सम्वन्ध जीवन्त हुने वताउनु भएको छ । आँफूले निष्ठा र आदर्श नमिल्ने मानिससंग सहकार्य र संझौता नगरेको कारण धेरै अवसर गुमाउनु परेको भन्दै स्वाभिवानीपुर्वक वाँच्न पाउँनु जीवनको सार्थकता भएको उहाँको भनाई रहेको छ ।
समारोहमा पर्वतवाट माल्टा गई हाल ओभपनहर्ट सर्जरी गरी उपचारको क्रममा रहनु भएका फलेवास नगरपालिका, वडा नं. ८ कुर्घाका धिराज चापागाईलाई रु. १५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ भने उत्कृष्ठ नृत्य प्रदर्शन गर्ने नृत्य कलाकार सुक वहादुर पुन, रीता पुन, सुरक्षा शाहीलाई तथा लोक भजन गायक कृष्ण कँडेललाई सम्मान गरिएको छ । सम्मानित कलाकारलाई संस्थापक अध्यक्ष प्रसाईले टिका, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता, महासचिव प्रेम प्रसाद पौडेलको स्वागत एवम् आजीवन सदस्य शुस्मा प्रसाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा आजीवन सदस्य अनिता सोतीले सस्थागत प्रतिज्ञा गर्नु भएको थियो भने संस्थाको कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको जीवनी प्रस्तुत गर्नु भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline