बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष शुभजन्मोत्सव सप्ताहको चौंथो दिन पातीचौरमा गुरुपुजन कार्यक्रम सम्पन्न

नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष शुभजन्मोत्सव सप्ताहको चौंथो दिन पातीचौरमा गुरुपुजन कार्यक्रम सम्पन्न

कार्यक्रममा नेष्डो परिवारलाई विद्यालय तहमा अध्यापन गराउने २६ जना शिक्षक गुरुलाई सम्मान

by sambridhaonline

बैशाख १८,पोखरा -राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताह अन्तर्गत चौथो दिन हिजो मोदी सभाहल पातीचौरमा शिक्षक्ष गुरु पुजन तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेष्डो परिवारलाई विद्यालय तहमा अध्यापन गराउनु भएका २६ ज्ञना शिक्षक गुरुहरुलाई सम्मान गरिएको छ । सम्मानित गुरुहरुलाई संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाई, पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी, कोषाध्यक्ष सावित्री खत्री क्षेत्री, श्रदेय सदस्य विश्ववन्धु प्रसाईं, आजीवन सदस्य उत्तम प्रसाद अधिकारी, खिममायाँ पाईजा गिरी लगायतले दिपज्वलन, पुष्प अर्पण, माला, दोसल्ला र सम्मान पत्रले सम्मान अर्पण गरिएको थियो ।
शिक्षक गुरु पुजन तथा सम्मान कार्यक्रममा वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले आफू लगायत नेष्डो परिवारलाई असल शिक्षा, दीक्षा र मार्ग दर्शन गरि अर्थपुर्ण जीवनयापनका लागि सक्षम वनाउने गुरुलाई सम्मान गर्दा आत्मा सन्तुष्टि मिल्ने वताउनु भयो । जन्म दिने माता, करणम दिने बाबा र शिक्षा दीक्षा दिने गुरुको आशीर्वाद सवैभन्दा महत्वपुर्ण हुने भएकाले शुभजन्मोत्सव सप्ताहमा हरेक वर्ष गुरु सम्मान कार्यक्रम राख्ने गरिएको ऊहाँको भनाई थियो ।

सम्मान कार्यक्रममा मोदी गाउपालिका, डा नं. ६ का अध्यक्ष दिपेन्द्रजँग लामिछाने, महेन्द्र शिखरी मा.वि वाजुङका पुर्व प्रधानध्यापकहरु एवम् पुर्व शांसद डा. कृष्ण प्रसाद भट्टराई, कुल प्रसाद उपाध्याय, काशीराम पोखरेल, महेन्द्र शिखरी माविका पुर्व शिक्षक मन वहादुर क्षेत्री, ज्ञानेन्द्र आधारभुत विद्यालयका प्रधानध्यापक धन वहादुर के.सी. लगायतले आँफुहरुले हजारौ वालवालिकालाई शिक्षा दिएको तर कम‌ैले मात्र स्मरण गर्ने गरेको भन्दै विश्व प्रसाईको संस्कारलाई अनुशरण गर्नुपर्ने वताउनु भयो ।

नेष्डो नेपालको ३१ओै स्थापना दिवस एवम् संस्थापक डा. विश्व प्रकाश प्रसाईको शुभजन्मोत्सव सप्ताह अन्तर्गत गुरुपुजन कार्यक्रम संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता एवम् आजीवन सदस्य नारायण प्रसाईको सञ्चालनमा सम्पन्न गरिएको थियो ।सप्ताहको पहिलो दिन गलेश्वोर मा आमापुजन गरियो यसवाट आमाहरुलाई सान्त्वना र आँफूलाई सन्तुष्टी प्राप्त हुने भन्दै ठूलावडाको आर्शिवाद भन्दा असल मानिसको आशिष वचन महत्वपुर्ण हुने प्रसाईको भनाई थियो । उहाँले स्थापना दिवस एवम् शुभजन्मोत्सव सप्ताह कुनै आडम्वरको लागि नभै शुभ सन्दर्भमा केही न केही शुभकार्य गरौं भन्ने उद्देश्यले आयोजना गरिएको वताउनु भयो । प्रसाईले सप्ताह अन्र्तगत पहिलो दिन गलेश्वर जेष्ठ नागरीक आश्रम म्याग्दीमा र दोश्रो दिन पोखरा जेष्ठ नागरीक आश्रम, महतगौंडामा जेष्ठ नागरीक पुजन तथा खाद्यन्न सहयोगको कार्यक्रम रहेको जानकारी गराउनु भयो । उहाँका अनुसार १६ गते कुश्मा पर्वतमा जन्मदिन विशेष मुल समारोह भयो भने १७ गते मोदी–५ वाजुङ्गमा गुरु पुजन तथा जेष्ठ नागरीक सम्मान सम्पन्न गरिएको छ । प्रसाईको अनुसार आज १८ गते पर्वत कुश्मामा विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुसंग शुभकामना आदान प्रदान एवम् रात्री भोजको आयोजन गरिएको छ भने वैशाख २० गते पोखरामा शुभकामना आदान प्रदान तथा सप्ताह समापन कार्यक्रमको आयोजना गरिएको छ । प्रसाईले सप्ताह अन्र्तगतका सवै कार्यक्रममा सवैको सहभागिताको लागि अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा वोल्दै आश्रम व्यवस्थापन समितिका अध्यक्ष वम वहादुर पुनले आश्रममा धेरैको धेरै सहयोग रहेता पनि मातातिर्थ औंशीको अवसरमा गरिएको आमा पुजन तथा खाद्यन्न सहयोगले छुट्टै अर्थ राख्ने वताउनु भयो । उहाँले नेष्डो नेपाल र संस्थापक प्रसाईसंग पहिलो पटक भेट भएको भन्दै भविस्यमा सहकार्य र साथ रही रहने अपेक्षा व्यक्त गर्नु भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता एवम् आजीवन सदस्य इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी, अमरटिका प्रतिष्ठानका महासचिव नारायण प्रसाई, विश्व प्रसाई फाउण्डेश नेपालका सल्लाहकार विश्ववन्धु प्रसाई, नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, आजीवन सदस्य लक्ष्मी कुमारी हमाल, मितेस हमाल र संगिता क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline