बैशाख २१,पोखरा – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताह विविध कार्यक्रम सहित शनिवार पोखरामा सम्पन्न भएको छ । यहि वैशाख १४ गतेको दिन गलेश्वर जेष्ठ नागरीक आश्रममा ४६ जना आश्रित आमाहरुको पुजन गरी शुरुवात गरिएको सप्ताह शनिवार शुभकामना आदान प्रदान तथा व्यक्तित्व सम्मानको साथ समापन भएको हो । सप्ताह अन्र्तगत वैशाख १६ गते पोखरा जेष्ठ नागरीक आश्रम महतगौंडामा खाद्यन्न सहयोग, १६ गते कुश्मा पर्वतमा व्यक्तित्व सम्मान सहित शुभकामना आदान प्रदान, १७ गते नेष्डो परिवारलाई विद्यालय तहमा अध्यापन गराउनु भएका २६ जना शिक्षक गुरुहरुको पुजन, १८ गते श्रमिक दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा श्रमिकहरुसंग सन्ध्याभोजन गरी सप्ताहको छैंटौ दिन वैशाख १९ गते दुई क्यान्सर पिडित परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।
शनिवार पोखरामा सम्पन्न समारोहमा समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझी, नेपाली सेनाका अ.प्रा.उपरथी देवेन्द्र वहादुर मेधासी, विकास विज्ञ शंकर विमली, महिला अधिकारकर्मी निर्मला क्षेत्री, वरिष्ठ साहित्यकार दुर्गा वहादुर शाह र वरिष्ठ नेत्र चिकित्सक हरिविक्रम अधिकारीलाई संस्थागत अभिनन्दन एवम् सम्मान गरिएको छ । उहाँहरुलाई नेष्डो नेपालको संस्थागत विकास, संस्थापक अध्यक्ष प्रसाईको अर्थपुर्ण जीवनको साथै आआफ्नो विषयगत क्षेत्रमा पु¥याउनु भएको जवाफदेही सेवा वापत संस्थाले सम्मान प्रदान गरेको हो ।
समारोहमा आफ्नो धारणा राख्दै संस्थाका संस्थापक अध्यक्ष प्रसाईले सप्ताहव्यापी कार्यक्रम सफल वनाउन साथ दिने सवैप्रति आभार व्यक्त गर्दै सवैको शुभकामना र आर्शिवादले नेष्डो नेपाल र आँफू वर्तमान अवस्थामा रहेको वताउनु भयो । उहाँले यसरी नै आर्शिवाद पाएमा निरन्तर सामाजिक क्षेत्रमा अगाडी वढने वताउनु भयो । सम्मानित व्यक्तित्वलाई किन र कसरी छनौट गरियो भन्ने प्रसङ्गमा भोलिको फाईदा हेरेर होईन, हिजोको गुण र योगदानको कदर गर्दै व्यक्तित्व सम्मान गरिएको वताउनु भयो । हरेक वर्ष सप्ताहव्यापी जन्मोत्सव गरेर आँफूले ठूलो काम गरेको नभई आफ्ना हरेक खुशीका क्षणमा समाजको लागि केही न केही योगदान गर्न सकिने सानो सन्देश दिन खोजेको वताउनु भयो । उहाँले आँफुले पुर्व जन्म र पुर्नजन्ममा विश्वास गर्ने भएकोले अर्को जुनि सहज, सरल र खुशीमय होस भनि समाज सेवामा समर्पित भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझीले सकरात्मक सोचले सकरात्मक परिणाम ल्याउने भन्दै नेष्डो नेपालका परिकल्पनाकार प्रसाईसंग आफ्नो साढे दुई दशक लामो सम्वन्ध रहेको भन्दै उहाँ सोचमा सकरात्मक, कर्ममा कडा मेहनती भएकोले वर्तमानमा सफल भएको वताउनु भयो । विगत देखि प्रसाईको सामाजिक अभियानमा आँफूले साथ दिने अवसर पाएकोमा गौरव गर्दै विगतलाई संझैर वर्तमानमा सम्मान गर्नु सह्रानीय पक्ष रहेको वताउनु भयो ।

यसै गरी अर्का सम्मानित व्यक्तित्व सामाजिक अभियान्त एवम् पुर्व शांसद निर्मला क्षेत्रीले आँफूले काम गर्न नसकेपनि अरुले गरेका राम्रा कामको सम्मान गर्न सिक्नुपर्ने भन्दै शुभजन्मोत्सवको अवसर पारेर प्रसाईले गर्नु भएका सवै कार्यहरु सवैको लागि अनुकरणीय रहेको वताउनु भयो ।
सम्मान पश्चात वोल्दै विकास विज्ञ शंकर विमलीले साढे दुई दशक पहिले भेटना जुन जोश, जाँगर र उत्साह थियो, संस्थापक अध्यक्ष प्रसाईमा आज पनि यथावत रहेको भन्दै उहाँको नेतृत्वमा समाजको रुपान्तरण संभव रहेको वताउनु भयो ।
समारोहमा सम्मानित व्यक्तित्व पुर्व वैंकर्स एवम् साहित्यकार दुर्गा वहादुर शाहाले जीवन सम्मान नै सम्मानको विचमा भएपनि महिला, विपन्न तथा वन्चितीमा परेका वर्गको समृद्धीमा समर्पित यो सम्मानको फरक महत्व रहेको वताउनु भयो । अरुलाई सम्मान दिने प्रसाई सवैवाट सम्मानित रही रहनु भएको उहाँको भनाई थियो ।
सम्मानित व्यक्तित्व वरिष्ठ नेत्र चिकित्सक हरिविक्रम अधिकारीले विद्यालय तहमा अध्ययन गर्दा देखि नै प्रसाईले नेष्डो नेपाल मार्फत गर्नु भएको प्रशंसानीय कामहरुवाट प्रभावित भई आँफुले दिने सेवामा सामाजिक भावनाले ओतप्रोत भएको वताउनु भयो । उहाँले भविस्यसम्म पनि प्रसाईको अभिभावकत्वको जरुरी रहेको वताउनु भयो ।
कार्यक्रममा रोटरी डिष्ट्रिकका राईला चियर राजेन्द्र लिगलले नेष्डो र प्रसाईलाई शुभकामना दिनु हुँदै यस्ता मानिसहरु एक सतक वाँच्नुपर्ने वताउनु भयो ।
संस्थापक अध्यक्ष प्रसाईका माताद्वय नन्द कुमारी प्रसाई र जोगमायाँ प्रसाईको धुप दिप सहित पुजन गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीले, स्वागत महासचिव प्रेम प्रसाद पौडेलले, संस्थाप्रतिज्ञा आजीवन सदस्य अनिता सोतीले र सञ्चालन आजीवन सदस्य शुस्मा प्रसाईले गर्नु भएको थियो ।
पन्चेवाजाको साँगेतिक रमाईलोसंगै रात्रीभोजमा झुमी रहनु भएको सवैको एउटै प्रतिक्रिया थियोः–केही हुनेले केही न केही गरौं भन्ने हो समाजवाट दुःख टाडिने थियो ।