बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखराको बिरौटामा श्रीमतीको हत्या गरेका श्रीमानले गरे आत्महत्या

पोखराको बिरौटामा श्रीमतीको हत्या गरेका श्रीमानले गरे आत्महत्या

by sambridhaonline

बैशाख २३,पोखरा -पोखरा महानगरपालिका वडा १७ बिरौटामा एक दम्पत्ति मृतावस्थामा भेटिएका छन् ।

मृत भेटिएकामध्ये ३७ वर्षीया देविमाया पराजुली र ५७ वर्षीय ऋषिराम पराजुली रहेका छन् । उनीहरु दम्पत्ति रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जसमध्ये देविमायको मृत्यु सोमबार अपरान्ह भएको र ऋषिराम आज बिहान मृत भेटिएका हुन् । घटनाको जानकारी पाएलगत्तै बैदाम प्रहरी घटनास्थलमा पुगेको थियो ।

जिप्रकाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार देविमायाको मृत्युको प्रकृति हेर्दा हत्या गरिएको र ऋषिरामले विषादी सेवन गरेको प्रारम्भिक अनुमान छ । ‘

‘बिरौटा नहरचोकमा फेन्सी पसल गर्दै आएका ऋषिरामका जेठी पत्नीसमेत रहेको र आज बिहान उनले मोबाइलमा म्यासेज गरेपश्चात् आत्महत्या गरेको आशंका छ’ बस्नेतले भने ।

उनीहरुले ३ वर्षयता पसल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, दम्पत्तिको बालबच्चा नरहेको प्रवक्ता बस्नेतले जनाएका छन् । जेठी श्रीमतिबारे भने केही भन्न नमिल्ने उनले जनाए ।

मृतकको शव पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि थप जानकारी पाइने र अनुसन्धान विस्तृमा अघि बढ्ने बस्नेतले बताए ।

त्यस्तै, जेठी श्रीमतीलाई पठाएको म्यासेजमाथि पनि अनुसन्धान हुने जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline