बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
Home Featured News प्रदेश अस्पताल पर्वतमा न्यानो कपडा घरको शुभारम्भ, अब अस्पताल आउने कोही पनि नाङ्गो र्फकन नपर्ने

प्रदेश अस्पताल पर्वतमा न्यानो कपडा घरको शुभारम्भ, अब अस्पताल आउने कोही पनि नाङ्गो र्फकन नपर्ने

अस्पतालका अध्यक्ष गिरी र नेष्डो नेपालका संस्थापक अध्यक्ष प्रसाईद्वारा न्यानो घरको शुभारम्भ

by sambridhaonline

बैशाख २४,कुश्मा पर्बत – प्रदेश अस्पताल पर्वतमा आउने विरामी र उहाँहरुको कुरुवा तथा सर्वसाधारण जनतालाई समेत मौषम अनुसारको निःशुल्क कपडा उपलव्ध गराउने उद्देश्यले शुरुवात गरिएको न्यानो कपडा घर यानीकि कपडा वैंक सोमवार देखि अस्पताल प्राङ्गण भित्र सञ्चालनमा आएको छ । न्यानो घरको लागि प्रदेश अस्पताल पर्वतले स्थान, एक जना जनशक्ति तथा विजुली पानीको व्यवस्थापन गरेको भने नेष्डो नेपाल तथा विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालले भौतिक सजावत, फर्निसिङ्ग तथा उपकरणको लागि आर्थिक सहयोग प्रदान गरेको छ । यसै गरी न्यानो कपडा घरको लागि कपडा संकलन लगायतको आवश्यक व्यवस्थापकीय सहयोगको लागि ढेड दर्जन संघसंस्थाहरु फ्रेन्ड्स अफ प्रदेश अस्पतालको रुपमा जोडिनु भएको छ भने अन्य संघसस्थाहरु जोडिन सक्ने पनि व्यवस्था गरिएको छ । हाल फ्रेन्ड्स अफ प्रदेश अस्पतालमा रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत, पर्वत जेसिज, पर्वत मिलन क्लव, लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत, शिवालय शैक्षिक समाज, एकता युवा क्लव, पर्वत टेलरिङ्ग संघ, पर्वत मिलन महिला समूह, पुन युवा क्लव, सिसेफ महिला समूह, धवलागिरी वहुउदेश्यीय महिला विकास सस्था, वँगैचा आमा समूह लगायत हुनुहुन्छ भने कुश्मा नारी समूह, अमर टिका प्रतिष्ठान, नेपाल पत्रकार महासंघ पर्वत लगायतका संस्थाहरु आजै देखि अभियानमा जोडिनु भएको छ ।

वुधवार आयोजित कार्यक्रममा प्रदेश अस्पताल पर्वत, व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी र नेष्डो नेपाल एवम् विश्व प्रसाई फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले शिलालेखको पर्दा अनवरण गरी न्यानो कपडा घरको शुभारम्भ गर्नु भएको हो । दुई पक्षिय संझौता वमोजिम संस्थागत रुपमा प्रदेश अस्पताल पर्वत, नेष्डो नेपाल र विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपाल र प्रतिनिधित्वको रुपमा अस्पतालका वर्तमान अध्यक्ष शंकरी गिरी र नेष्डो नेपाल तथा विश्व प्रसाई प्रतिष्ठानका संस्थाको संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई स्थायी संरक्षक रहने सहमती गरिएको छ ।

शुभारम्भ कार्यक्रममा वोल्दै अध्यक्ष गिरीले अस्पतालको प्रस्तावलाई सहजै स्वीकार गरी नविनतम् सोचलाई सार्थकता दिन नेष्डो नेपाल र विश्व प्रसाई फाउण्डेशनले गर्नु भएको योगदानप्रति आभार व्यक्त गर्नु भएको छ । आफ्नो पहलमा १४ शैयाको अस्पताललाई ६५ शैयाको अस्पतालमा स्तरोन्नती गरिएको, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रवन्ध मिलाईएको, आवश्यक उपकरणको साथै सेवाको गुणस्तरमा समेत सुधार गरिएको गिरीले जानकारी दिनु भएको छ ।

यसै गरी संरक्षक संस्था नेष्डो नेपाल एवम् विश्व प्रसाई फाउण्डेशनका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले अति मानवीय कार्यमा समाहित भई सेवा गर्ने अवसर दिनु भएकोमा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै डेढ दर्जन संघसंस्था यस परियोजनाको साथीको रुपमा सहकार्य गर्नु गौरवको पक्ष रहेको वताउनु भयो । आँफुसंग भएका नयाँ पुराना कपडाको साथसाथै क्षमता अनुसारको द्रव्यदान समेत गर्न सकिने भन्दै दान गरे पश्चात सम्मान खोज्न नहुने उहाँको भनाई थियो । अपेक्षा सहितको दानवाट पुण्य प्राप्त नहुने उहाँको भनाई छ । प्रसाईले अव पर्वत अस्पताल आउने कोही विरामी र उहाँका आफन्तहरु अर्धनङ्गन हिडनु नपर्ने भन्दै यस अवधारणालाई देशका ७७ वटै जिल्लामा विस्तार गर्न आँफू प्रयत्नरत रहने वताउनु भयो ।

कार्यक्रममा वोल्दै अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले न्यानो घर अत्यन्त पुण्य कार्य भएको भन्दै आँफूले कर्मथालोवाट सहयोगको लागि लागि पहल गर्ने वताउनु भयो । कार्यक्रमका अर्का वक्ता प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिडेण्डेन्ट हेमन्त वाँस्तोलाले आफ्नो कार्यकालमा अस्पतालको गुणस्तरीय सेवाको साथै न्यानो घर जस्तो रचनात्मक मानवीय सेवा शुभारम्भ गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सिसेफ महिला समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षता, अमरटिका प्रतिष्ठान नेपालका सचिव उत्तम प्रसाद अधिकारीको स्वागत एवम् पर्वत जेसिजको अध्यक्ष अज्यूत पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा लोक भजन गायक कृष्ण कँडेलले साँगेतिक प्रस्तुती राख्नु भएको रेडियो समृद्ध सहकर्मीद्वय इश्वरी प्रसाद शर्मा र खिममायाँ पाईजा गिरीवाट तयारी पारिएको समाचारमा जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline