बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा-४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति

पोखरा-४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति

by sambridhaonline

बैशाख २५,पोखरा – कर्मचारी र व्यवसायीलाई हातपात गरेर पक्राउ परेका पोखरा महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिन म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा वडाध्यक्ष पराजुलीलाई ३ दिन म्याद थप गरिएको हो ।
बुधबार पक्राउ परेका पराजुलीको म्याद शुक्रबार सकिनेछ । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।

सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए । सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । यस्तै व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline