बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

by sambridhaonline

बैशाख २७,पोखरा – आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यी तीन वटा प्रदेशसहित देशको पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही र बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

देशका हिमाली एक–दुई ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश र लुम्बिनीको थोरै क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline