शुक्रबार, माघ ३, २०८२
Friday, January 16, 2026
Home Featured News त्रिविका निमित्त उपकुलपतिलाई पोखरामा कालो झण्डा देखाइयाे

त्रिविका निमित्त उपकुलपतिलाई पोखरामा कालो झण्डा देखाइयाे

by sambridhaonline

बैशाख २७,पोखरा – त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति खड्ग केसीलाई पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कालो झण्डा देखाएर विरोध जनाएको छ।

पृथ्वीनारायण क्याम्पसमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उपकुलपति केसीलाई नेविसंघका कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्। काठमाडौंको आरआर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन अवैध र अलोकतान्त्रिक भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

स्ववियु निर्वाचनमा प्रतिस्पर्धात्मक प्रक्रिया नहुनु लोकतन्त्रको अपमान भएको भन्दै नेविसंघ कार्यकर्ताहरू आक्रोशित छन्।आरआर क्याम्पसमा स्ववियु निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको विषयलाई लिएर नेविसंघभित्र समेत विवाद चुलिएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline