बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका

लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका

by sambridhaonline

जेष्ठ १,पोखरा – पोखरा वडा नं. ३२ लामेआहालमा हिजो दिउँसो भएको ईभी माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने ३ जनाको नाम वतन खुलेको छ ।

धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे ३ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुने सबै धादिङ स्थायी ठेगाना भएका छन् । गंगाजमुना फुलखर्क स्थायी घर भएकी हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं. ५ की ४५ वर्षीया तिल कुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।

घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline