बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नबनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय: हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने

नबनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय: हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने

by sambridhaonline

जेष्ठ ७,पोखरा – नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले एक हजार र ५० रुपैयाँ दरका नयाँ नोटको डिजाइन तयार गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिएपछि राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्नुभएका गभर्नर पौडेलले एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने निर्णय गर्नुभएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । उहाँले आज बिहान साढे १० बजे शपथ लिनुभएको हो । शपथ लगत्तै गभर्नर पौडेलले सिंहदरबारमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमतामा जोड दिने बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline