शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु

म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु

by sambridhaonline

जेष्ठ १३,पोखरा – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु भएको छ ।

जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्स्काभेटर चालक कुमालको शव एक्स्काभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको छ ।

घटनापछि प्रहरी र स्थानीयवासीले एक्स्काभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्स्काभेटरसमेत पूर्णरूपमा क्षति भएको छ ।

दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline