शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News कांग्रेस नेता आलमलाई उच्च अदालतले दियाे सफाइ

कांग्रेस नेता आलमलाई उच्च अदालतले दियाे सफाइ

by sambridhaonline

जेठ १४,पोखरा- उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएकाे छ ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत राैतहटकाे फैसला उल्ट्याउँदै आज कांग्रेस नेता आलमसहित, उनका भाइ माेहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएकाे हाे ।

आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियाे । याे घटनामा जिल्ला अदालत राैतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदकाे फैसला सुनाएकाे थियाे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline