बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

by sambridhaonline

जेष्ठ १७,पोखरा – स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ मजुवास्थित एक घरबाट मोबाइल चोरी गर्ने दुईजनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।

चोरीको मोबाइलसहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ४ घर भई कास्की पोखरा महानगरपालिका – ५ मालेपाटन बस्ने २४ वर्षीय शाहिल गुरुङ र आँधीखोला गाउँपालिका – ५ घर भई कास्की पोखरा महानगरपालिका – ५ बस्ने २१ वर्षीय पवन परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

गत मंगलबार साँझ उनीहरूले स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेरा कोठाबाट विभिन्न कम्पनीका तीन थान मोबाइल चोरेर लगेका थिए । उनीहरुको साथबाट रेड्मी कम्पनीको स्मार्ट मोबाइल एक थान, ओप्पो कम्पनीको स्मार्ट मोबाइल एक थान र भिभो कम्पनीको स्मार्ट मोबाइल एक थान बरामद भएको प्रवक्ता चौधरीले बताए ।

उनीहरूमाथि शुक्रबार चोरी सम्बन्धी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline