शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News देशका धेरै ठाउको मौसम बदलि तर पानि थोरै ठाउमा पर्यो

देशका धेरै ठाउको मौसम बदलि तर पानि थोरै ठाउमा पर्यो

आज राति पनि कोशीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

by sambridhaonline

जेष्ठ १७,पोखरा – अहिले देशका धेरै ठाउँमा बदली भए पनि पानी निकै थोरै ठाउँमा मात्रै परेको छ । आज राति पनि कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति बिहीवार बेलुका मनसुन भित्रिएदेखि नै कोशी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेकोमा आज राति पनि पानी पर्ने सम्भावना रहेको मौसमवि्द प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन आज पनि कोशीमै थप सक्रिय हुने क्रममा छ ।

यसैबीच नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम शुरू भएको छ । मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार बिहान परेको पानीले धरान–धनकुटा सडकसहित कोशी प्रदेशका ७ वटाभन्दा धेरै सडक अवरुद्ध बनाएको छ ।

आजै झापामा माईखोलाको बाढीले २२ वटा घर डुबानमा परेका छन् । विराटनगरमा पनि केही घरमा पानी पसेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline