सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News पोखरा यात्रु अलपत्र , आज पनि स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

पोखरा यात्रु अलपत्र , आज पनि स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

by sambridhaonline

जेष्ठ १८,पोखरा – पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज आइतबार पनि स्कर्टिङ गरिएको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कटिङ गरेको छ भने त्यहाँबाट मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म लगिएको सशस्त्र प्रहरी सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍याइने छ । २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline