जेष्ठ १९,पोखरा – पोखरामा बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् ।
आइतबार राति करिब ८ बजेको समयमा इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही गरेको हो ।
पोखराका विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि ८ वटा सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।