शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News पोखरामा पर्यटक बसमा ढुङ्गा हानेर फरार रहेका तीन जना पक्राउ

पोखरामा पर्यटक बसमा ढुङ्गा हानेर फरार रहेका तीन जना पक्राउ

by sambridhaonline

जेष्ठ २१,पोखरा – पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा पर्यटक बसमा ढुङ्गा हानेर फरार रहेका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला राप्ती नगरपालिका १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापा मगर (बस चालक), बारा जिल्ला कोल्वी नगरपालिका १ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान प्रसाद खरेल (सह(चालक) र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका २ घर भई हाल पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा (ग्यारेजमा काम गर्ने) छन् ।

आइतबार राती साढे ११ बजेको समयमा चाउथेबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९१६ नं. को पर्यटक बसको सिसामा उनीहरुले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ उक्त बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणका लागि आएका विद्यार्थीहरु सवार थिए ।

ढुङ्गा प्रहारबाट ५ जना विद्यार्थी सामान्य घाईतेसमेत भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि अन्नपूर्ण अस्पताल पोखरामा पठाएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline