बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

by sambridhaonline

जेष्ठ २२ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई आफ्नो देशमा यात्रामा पूर्ण प्रतिबन्ध लगाएको हो ।

यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पले आफ्नो देश र नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन प्रतिबन्ध लगाएको बताउनुभएको बीबीसीले जनाएको छ । यो घोषणा आउँदो सोमवार जुन ९ तारिखदेखि लागू हुनेछ ।

ट्रम्पले केही देशहरूबाट यात्रा प्रतिबन्ध लगाउने आदेश दिएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा पनि उहाँले केही देशलाई यात्रा प्रतिबन्ध गर्ने यस्तै आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline