बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News युक्रेनमा जवाफी आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको तयारी

युक्रेनमा जवाफी आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको तयारी

by sambridhaonline

जेष्ठ २२- रुसले युक्रेनमा जवाफी आक्रमण गर्ने तयारी गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले एयरबेसमा गरेको डोन आक्रमणको जवाफ दिने तयारी गर्नुभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको हो ।

ट्रम्पले रुसी राष्ट्रपतिसँग भएको फोन वार्तापछि रुस जवाफी कारबाहीको तयारीमा लागेको खुलासा गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसले पनि सैन्य अपरेशनको छलफल भइरहेको बताएको छ । ट्रम्पले पुटिनसँग एक घण्टा बढी समय भएको फोन वार्तामा युद्ध विरामका लागि ठोस केही नभएको बताउनुभएको छ ।

पुटिनले युक्रेन युद्धबाट भागेको तथा आतङ्ककारी सङ्गठनमा परिणत भइरहेको आरोप लगाउनुभएको छ ।

अस्ति मङ्गलवार रुसी एयरबेसमा युक्रेनले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच पहिलो पटक कुराकानी भएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline