बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ

पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ

by sambridhaonline

जेष्ठ ३०,पोखारा – पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुव्र्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको बिराटनगर चोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा–४ मा रहेको एक सुनचाँदी पसलमा काम गर्ने मरियम राईले उक्त पसलका साहुले आफूमाथि यौन दुव्र्यवहार गरेको झुटो आरोप लगाउँदै, आफन्तको नातामा रहेका लिम्बु र सुवेदीलाई मोरङ र संखुवासभाबाट बोलाइ ल्याएकी थिइन्।

तीनै जना मिलेर पोखरा– ६ लेकसाइडस्थित होटलमा पसल सञ्चालककी श्रीमतीलाई बोलाई एक साता सम्म मानसिक दबाब दिएको प्रहरीले जनाएको छ।

तीनजनाले महिलामार्फत संचालकको परिवारलाई “तपाईंको श्रीमानमाथि यौन दुव्र्यवहारको मुद्दा हालिदिन्छौं, जीवनभर पुग्ने सम्पत्ति, घर, व्यवसायको व्यवस्थापन गरिदिनु, होइन भने कानुनी रुपमा सडाइदिन्छौं” भन्दै डरधम्की दिएका थिए। त्यसवापत उनीहरुले ५० लाख मागेका थिए ।

उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनामा प्रयोग भएका तीन थान मोबाइल, वार्तालापको अडियो रहेको एक थान पेनड्राइभ र एक्सर्टसनसँग सम्बन्धित कागजातहरू पनि बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline