शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News भारत को अहमबादमा भएको बिमान दुर्घटनाको ब्ल्याक बक्स भेटियो

भारत को अहमबादमा भएको बिमान दुर्घटनाको ब्ल्याक बक्स भेटियो

by sambridhaonline

जेष्ठ ३१ – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।

अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झन्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो ।

विमानमा चालक दलकासदस्यसहित दुई सय ४२ जना थिए । तीमध्ये दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । एक जना बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् ।

विमान दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जनाले ज्यान गुमाएका पछिल्लो विवरण छ । योसँगै मृतकको कुल सङ्ख्या दुई सय ६५ जना पुगेको छ ।

ब्ल्याक बक्स रेकर्डर भेटिएसँगै मृतका परिवार र आफन्त तथा सम्बन्ध अधिकारीहरुले आवश्यक अनुसन्धानपछि दुर्घटनाको सत्यतथ्य पत्ता लाग्ने विश्वास गरेका बीबीसीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline