बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पानी पर्नेक्रम बढ्यो , बढ्यो सरुवारोगको संक्रमण

पानी पर्नेक्रम बढ्यो , बढ्यो सरुवारोगको संक्रमण

by sambridhaonline

असार ११, पोखरा – देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आकश्मिक कक्षमै अहिले दैनिक सरदर सात जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा सबैभन्दा धेरै झाडापखालाका बिरामी बढेका छन् ।

अस्ति सोमवारसम्म काठमाण्डौमा १९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना झाडापखालामा बिरामी फेला परेका छन् । यस्तै भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना हैजाका लक्षण भएका बिरामी छन् ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार बर्खाको समय, चर्को गर्मी तथा खानपानको कारण ज्वरो, हैजा तथा झाडापखालाका बिरामी बढेका हुन् ।

पानीजन्य सङक्रमण रोगको जोखिम बढ्ने यो बेला व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने अनि विशेषगरी पालिकाले आवश्यक सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड छ ।

सरुवा रोगबाट जोगिन व्यक्तिगत सरसफाइ निक्कै महत्त्वपूर्ण रहेको सुमेरु अस्पतालका जनरल फिजसियन डा.सरोज थापाले बताउनुभयो । बर्खामा पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक रहेको डाक्टरले बताएका छन् ।

त्यस्तै बासी खानेकुरा नखाने, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र ताजा खानेकुरा खानुपर्ने र स्वास्थ्य समस्या भइहालेमा तुरुन्त अस्पताल जान डा.थापाको सल्लाह छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline