बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News देशभर मनसुनको प्रभाव, दिउँसोको तुलनामा राति धेरै पानी पर्ने

देशभर मनसुनको प्रभाव, दिउँसोको तुलनामा राति धेरै पानी पर्ने

by sambridhaonline

असार १३,पोखरा – केही दिनयता दिनभर चर्को घाम लाग्ने र राति पानी पर्ने क्रम चलिरहेको छ । अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चर्को घाम लागेको छ । देशभर मनसुनको प्रभाव रहेकाले दिउँसोको तुलनामा राति धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनको विशेषता नै दिउँसो भन्दा राति धेरै पानी पर्ने भएकाले यसलाई सामान्य रूपमा लिनुपर्ने मौसमविद् गोविन्द झाले बताउनुभएको छ । उहाँका अनुसार अहिले मनसुनी वायुको प्रभावले तराई मधेस बाहेक अन्य प्रदेशमा राम्रै पानी परिरहेको छ । तर मनसुन अझै पूर्ण रूपमा सक्रिय भएको छैन ।

बङ्गालको खाडी र दक्षिण भारतमा बलियो न्यूनचापीय प्रणाली बनिनसकेकाले पनि मनसुन केही कमजोर देखिएको हो । अबका केही दिनभित्रै मनसुन सक्रिय हुने भएकाले तराई मधेसका जिल्लामा पनि पर्याप्त पानी पर्ने मौसमविद् झाको भनाइ छ ।

अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्र था मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline