बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

by sambridhaonline

असार १३,पोखरा – पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द हुने भएको छ ।

बर्खायामसँगै मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले उडान बन्द गर्ने निर्णय गरेका हो ।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । उहाका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो ।

यता, समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० देखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले अबको एक सातापछि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने जानकारी दिनुभयो ।

उहाका अनुसार अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ । हवाई यात्रु पनि घट्दै गएको उहाको भनाइ छ ।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रु घटेको जनाएको छ ।

बर्खायाम सुरु भएपछि हवाईमार्ग मात्रै नभइ सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline