सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News विषालु च्याउ खाँदा नवलपरासीमा १६ जना बिरामी, ३ को अवस्था गम्भीर

विषालु च्याउ खाँदा नवलपरासीमा १६ जना बिरामी, ३ को अवस्था गम्भीर

by sambridhaonline

असार १५,पोखरा – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन्।

स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउको तरकारी खाएर बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन्।

च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडामगर, ४५ वर्षीय एकवीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ। च्याउ खाएर बिरामी हुनेहरूमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुंगेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन्।

स्थानीय ६६ वर्षीया गनिसरा रानामगर, ४० वर्षीया मनमाया लुंगेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहामगर, १८ वर्षीय राजन रानामगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline