शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News इजरायलद्वारा गाजाका विभिन्न ठाउँमा आक्रमण : ७० जना प्यालेस्टिनी मारिए

इजरायलद्वारा गाजाका विभिन्न ठाउँमा आक्रमण : ७० जना प्यालेस्टिनी मारिए

by sambridhaonline

असार १७ – इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा अन्य स्कूल र खाद्यान्न बाँड्ने ठाउँहरुमा अरू पनि मारिएको अलजजिराले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार यो क्षेत्र कुनै पनि राजनीतिक वा सैनिक गतिविधिसँग सम्बन्धित थिएन । यस आक्रमणको पूर्व चेतावनी पनि दिइएको थिएन । देइर अल–बलाहमा रहेको अल–अक्सा अस्पतालको प्राङ्गणमा समेत बमबारी गरिएको थियो, जहाँ हजारौँ विस्थापितहरूले आश्रय लिएका थिए ।

गाजाको सञ्चार कार्यालयले यी आक्रमणलाई स्वास्थ्य प्रणालीमाथिको ‘प्रणालीगत अपराध’ भन्दै निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघ र मानव अधिकार संस्थाहरूले पनि गाजाको स्वास्थ्य पूर्वाधारलाई नष्ट गर्ने काममा इजरायलको आलोचना गर्दै आएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline